निश्कल राई, इलाम–१ प्रतिनिधि सभा सदस्य उम्मेदवार

इलाम-०१ सम्भावनाले भरिएको क्षेत्र हो। तर सम्भावना आफै अवसर बन्दैन, त्यसका लागि दृष्टि, योजना र जिम्मेवार नेतृत्व चाहिन्छ। यही सम्भावनाहरूलाई अवसरमा बदल्ने आठोटका साथ मैले यस क्षेत्रको प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई आएको छु।
यो प्रतिबद्धता वाचा मात्र होइन। यो इलाम-०१ को भविष्यप्रतिको मैले लिएको जिम्मावेरी हो। सन्दकपुर देखि माईसम्म हिँड्दा मैले किसान, युवा, श्रमिक, विद्यार्थी, कर्मचारी र उद्यमीका सम्भावना र संघर्ष नजिकबाट देखेको छु र नीति, योजना तर्जुमा गर्ने देखि लिएर कर्यन्वयनसम्मको अनुभव बटुलेको छु। इलाम-०१ सँग स्रोत, सीप र इतिहास छ, तर कमजोर प्रणाली र कर्यन्वयनका कारण धेरै अवसर गुमीरहेका छन्।
मेरो दृष्टि

Ilam-01